पुँजी अभाव समाधानका लागि सरकार प्रयत्नशील छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी अभावलाई समाधान गर्न सरकारले विशेष पहल गरिरहेको बताएका छन् ।
मंगलबार काठमाडौमा आयोजीत १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै,उनले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भिर ढंगले लागेको बताए ।
लामो समय देखिको अस्थिरता र महामारीका कारणले गर्दा बैकिङ् क्षेत्रमा समस्या देखिएको बताउँदै उनले भर्ने तत्काल वित्तीय संकट जस्तो देखिएको छ । लामो समय देखिको अस्थिरता र महामारीका कारणले गर्दा बैकिङ् क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको छ ।’
उनले वित्तिय अस्थिरताका कारण लघु घरेलु र साना उद्योगीले उपभोग गरेको कर्जामा धेरै व्याज वृद्धि भई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि विषेश पहल गर्ने वचन दिए ।