राष्ट्रिय स्वतन्त्र पार्टीको केद्रिय समिति विस्तार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ।
पार्टीको सोमवार बसेको वैठकले थप १६ जना केन्द्रीय सदस्य मनोनयन गरेको हो। यो सँगै रास्वपाको केन्द्रिय सिमिति ४० सदस्य पुगेको छ।
विस्तार गरिएको केन्द्रिय सिमतिमा टेलिभिजन प्रस्तोता रमेश प्रसाई र सामाजिक सञ्जालमा चर्चामा रहेकी ज्वाला संग्राला पनि छन् ।
प्रसाई ग्यालेक्सी टिभीमा कार्यक्रम चलाउँछन् । ज्वाला भने राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर खाली बसेकी थिइन् ।
थपिएका केन्द्रीय सदस्य यसप्रकार छन्:
निशा मेहता
विन्धवासिनी कंसाकार
रुपा संकर
विजय जैरु
मेघ आले
मोहन बहादुर थापा
खुस्बु सरकार श्रेष्ठ
टिका संग्रौला
हरि भट्ट
ध्रुव गिरी
लिमा अधिकारी
रमेश प्रसाई
अर्जुन अधिकारी
क्रान्तिशिखा धिताल
प्रतिभा रावत
गोमा क्षेत्री