कांग्रेस सभापति देउवासँग भारतीय विदेश सचिव क्वात्राको भेट
काठमाडौं ।नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् ।
सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटवार्तामा व्यस्त रहेका क्वात्राले आज साँझ धुम्बाराही पुगेर देउवासँग राजनीतिक भेटवार्ता गरेका हुन्।
भेटघाटपछि सभापति देउवाले दुई देशका साझा चासो र जनस्तरमै रहेको सम्बन्धलाई अझै बलियो बनाउनेबारे कुरा भएको बताएका छन्।
भेटपछि उनले भनेका छन् ‘भारतका विदेश सचिव विनय मोहन क्वात्रासँग भेट्दा खुसी लागेको छ। हामीले आपसी हितका विभिन्न मुद्दा र जनस्तरमै रहेको सम्बन्धलाई मजबूत बनाउनेबारे कुरा गर्यौँ। हाम्रो साझा लक्ष्य दुवै देशका नागरिकको हित र नेपाल–भारत सम्बन्धलाई अझै गहिरो बनाउनु रहेको छ ।’
आज विहान नेपाल आएका क्वात्रा भोली स्वदेश फर्किने कार्यक्रम छ ।