राष्ट्रपतिसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले सिस्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटवार्तामा व्यस्त रहेका क्वात्राले आज साँझ राष्ट्रपति निवास शितल निवासमा पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् ।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री र परराष्ट्र सचिव लगायतसंग भेटवार्ता गरेका थिए ।
उनी आजै नेपाल आएका हुन् । उनी भोली स्वदेश फर्किने कार्यक्रम छ ।