बालाजुमा मजदुर विरोधको आवरणमा मोवाइल पसलमा लुट (भिडियो सहित)
काठमाडौं । यातायात मजदुरमाथिको कुटपिटको विरोधमा बालाजु क्षेत्र सोमबार अपरान्हदेखि तनावग्रस्त रह्यो । सहकर्मीमाथि कुटपिट भएको भन्दै यातायात मजदुरले बाटो नै बन्द हुने गरि गाडि तेस्राए । आन्दोलन नरोकिएपछि नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्यो । प्रतिवाद गर्दै मजदुर पनि ढुङ्गामुढामा उत्रिए ।
स्थिति थप तनावग्रस्त बन्यो । अराजक प्रदर्शनकारी यतिमै रोकिएनन् । उनीहरुले प्रहरीको भ्यान र अस्थायी प्रहरी विटमै आगो लगाए । त्यतिमात्रै होइन्, आन्दोलनकारीको अर्को डरलाग्दो र लज्जित पार्ने रुप तव देखियो जब एक हुल प्रर्दशनकारी बालाजु बसपार्कस्थित लोत्से मलमा प्रवेश गर्यो ।
भिडमा रहेका मध्ये एक प्रदर्शनकारीले मलको शिशामा ढुङ्गा प्रहार गरे । अर्कोले गमला उठायो । शिशामा बजार्यो । भिड मोवाईल पसल भित्र छिर्यो । पसल भित्रको ‘सो केस’ फोडियो । र्याकभित्र राखिएका मोवाइल बोकेर उनीहरु दौडिन थाले । हेर्दाहेर्दै भरभराउ पसल क्षणभरमै साफ बन्यो ।