प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर विदेश सचिव क्वात्राले प्रधानमन्त्री प्रचण्डसंग सिस्टाचार भेट गरेका हुन्। भेटमा दुइपक्षीय हितका विषयमा कुराकानी भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधामन्त्री प्रचण्डको ट्वीटर ह्यालडमा, भेटमा उर्जा, व्यापार, कृषी, शिक्षा तथा संस्कृती लगायतका विषयमा छलफल भएको उल्लेख छ ।
सोमबार नेपाल आएका क्वात्राले सोमबार साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
यसअघि उनले नेपालस्थित परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेट गरिसकेका छन्।