अख्तियारको प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण हुँदैन : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकल प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताएकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै राष्ट्रिपति भण्डारीले आयोगको एकल प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने हुँदा नियन्त्रणका लागि राज्यका सम्पूर्ण संयन्त्र र सरोकारवाला निकाय एकजुट हुन जरुरी रहेको बताएकी हुन् ।
उनले भनिन्,‘भ्रष्टाचार नियन्त्रण गरी सूसासन प्रवद्र्धन गर्ने कार्य आयोगको एकल प्रयासले मात्रै गर्न सम्भव छैन । यसमा राज्यका सम्पूर्ण संयन्त्र र सरोकारवाला पक्ष एकजुट हुन जरुरी छ । आयोगले प्रवद्र्धनात्मक,उपचारात्मक संस्थागत, क्षमता विकासको रणनीति कार्यन्वयन गर्न आवश्यक छ । भ्रष्टाचार नियन्त्रण सूसासन प्रवद्धनका लागि प्रभावकारी भूमिका खेल्ने छ भन्ने ठानेको छु ।’
राष्ट्रपति भण्डारीले भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रीय सम्पतीको दोहन, द्वन्दको सृजना अन्तराष्ट्रीय सम्मानमा समेत आँच आउँने हुँदा यसको नियन्त्रण हुनु अपरीहार्य रहेको बताईन् ।
निजी क्षेत्र नागरीक समाज र प्रत्येक नागरीकलाई भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय भूमिका निर्वाह गर्नुका लागि उनले आह्वान समेत गरीन् । संस्थागत रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय भनेको आयोग रहेको उनको भनाई छ ।