वैकल्पिक दलको भविश्य छ : बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक राजनीति अबको आवश्यकता रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रवार भएको विवेकशील साझा पार्टीको महाधिवेशनलाई शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् । समाजिक व्यवस्था जटिल रहेको हुँदा नकारात्मक सोच नराखी अगाडी वढ्न सके राजनीतिमा सफल भइने उनको भनाई छ ।
उनले भने,‘सबैलाई थाहा छ । सवैका पृथक हुटहुटी छन् । आकांक्षा छन् । तर, देश पछि परेको छ । होमेसियन्स प्रजातीका हामी ७० हजार वर्ष अघि उत्तर अफ्रिकाबाट छरीएका थियौं । कोहि मंगोलीया हुदैं आयौं । कोहि भारतीय भूमीबाट नेपाल प्रबेश गर्यौं । कोहि पहाडबाट आयौं । मान्छे तीनै हुन्, जो युरोप अमेरिका गए । उनीहरु अन्तरीक्षसम्म पुगे । पुर्वी एसीयकाा हामी पछि पर्यौं ।’
कार्यक्रममा नेता भट्टराईले नेपाल विश्वभन्दा दश गुणा पछि परेको दाबी गरे । विगतका गल्तिबाट सिकेर राजनीतिलाई सुधार गर्न सक्यौं भने बैकल्पिक राजनीतिको अझै आबश्यकता रहेको उनको भनाई छ ।
उनले भने,‘विश्वको प्रतिव्यक्ति आय सरदर १३ हजार डलर छ । तर, हाम्रो औसत आय १३ सय डलर मात्रै छ । हामी विश्व भन्दा दश गुना पछाडी छौ । त्यसैले तपाई हामी सबैको यसमा चिन्ता चिन्ता छ । निति निर्माण गर्ने राष्ट्रिय थलो राजनीति हो । विगतका राम्रा बिषयबाट सिकेर सुधार गर्दै जाने हो भने वैकल्पिक राजनीतिको आवश्यक अझै पनि छ ।’