नेपाली चलचित्रले अपेक्षित प्रगति गर्न सकेन : भुवन केसी
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डिजिटल जमानामा पनि नेपाली चलचित्र क्षेत्रले गुणात्मक प्रगति गर्न नसकेको बताएका छन् ।
काठमाडौंमा बिहिवार आयोजित नेफ्टा अवार्ड सुभारम्भ कार्यक्रममा उनले आफ्नो छोरो हिरो भईसक्दा पनि नेपाली चलचित्र उद्योगले फड्को मार्न नसकेको टिप्पणी गरे ।
डिजिटल जमानामा चलचित्र उद्योगले जति फड्को मार्नु पर्ने हो त्यो हुन नसकेको उनको भनाई छ ।
‘डिजिटल जमानामा इन्डस्ट्रिले जाति फड्को मार्नु पर्ने हो त्यो गर्न सकेन मेरो छोरो हिरो भईसक्यो यसको लागि सबै चलचित्रकर्मी र सञ्चारमाध्यमहरु मिलेर अगाडी बढ्नु पर्छ त्यसको लागि म सधैं तयार छु । ’
चलचित्र उद्योग अगाडी बढाउन चलचित्रकर्मी, सञ्चारमाध्यम लगाएत सबै क्षेत्र मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।