नेफ्टा फिल्म अवार्डको ११औं संस्करण अमेरिकामा
काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११औं संस्करण आगामी जेठमा अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ ।
आयोजक संस्था चलचित्र प्राविधिक संघले नेफ्टा अवार्ड सुभारम्भ कार्यक्रम मार्फत आगामी २७ मे मा अवार्ड हुनलागेको जनाएको हो ।
यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबईमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौँपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले अवार्ड शो गर्न लागिएको संघले जनाएको छ ।
अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, आर्यन फिल्मस् र युएस खबरलगायत संस्थासँग सहकार्य गर्दैछ ।