अमेरिकाले नेपाललाई ५८ दशमलव ५ मिलियन पाउण्ड उपलब्ध गराउने
काठमाडौं । युएसएआईडीले, नेपाललाई तत्काल ५८ दशमलव ५ मिलियन पाउण्ड सहयोग उपलब्ध गराउने भएको छ ।
नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआईडिका प्रमुख सामन्था पावरले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा सो जानकारी गराएकी हुन्।
उनले सन् २०२२ मा ६ सय ५९ मिलियन पाउण्ड सहयोग उपलब्ध गराउने घोषणाकै एक अंशको रुपमा सो रकम उपलब्ध गराउने जानकारी दिएकी हुन् । सो रकम नेपाल सरकार र जनतासँग प्रजातान्त्रिक साझेदारीलाई गहिरो बनाउँन प्रयोग हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा पावरले, सन् २०२२ को पारदर्शी र शान्तिपूर्ण निर्वाचनपछि नेपालले संघीयतालाई सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूलाई सशक्तिकरण गर्ने र प्रजातन्त्रले आफ्ना नागरिकका लागि डेलिभर गर्न सक्छ भन्ने देखाउने अवसर पाएको उल्लेख गरिन ।
युएसएआइडिको सहयोगले नेपाललाई लोकतान्त्रिक लाभलाई मजवुद बनाउन तथा सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ पार्न सहयोग पुग्ने पुग्नुका साथै स्वतन्त्र नागरिक समाज र मिडिया, लोकतान्त्रिक प्रक्रिया र संस्थाहरू, विधिको शासन, र निजी क्षेत्र विकासमा सहयोगि हुने अपेक्षा गरिएको छ ।
त्यस्तै युएसएआइडिले नेपाललाई मानव बेचबिखन विरुद्ध लड्न समावेशी लोकतन्त्र सुदृढीकरण गर्न सहयोग जारी राख्ने प्रतिवद्धता समेत जनाएको छ।