अमेरिकाद्वारा नेपाललाई साढे सात अर्बभन्दा बढी सहयोगको घोषणा
काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग युएसएआइडीकी प्रमुख प्रशासक समान्था पावरले ७ अर्ब रुपैयाँभन्दा बढी आर्थिक सहयोगको घोषणा गरेकी छन्।
दुईदिने नेपाल भ्रमणमा रहेकी उनले, नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि मंगलबार ५ करोड ८५ लाख अमेरिकी डलरको आर्थिक सहयोग घोषणा गरेकी हुन् ।
नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको अमेरिकाले जनाएको छ।
युएसएआइडीका लगानीले, सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न सहयोग पुग्ने अमेरिकाले जनाएको छ ।