नौ किलो सुनसहित क्यानेडीयन नागरिक पक्राउ, अनुसन्धान भइरहेको प्रहरीको भनाई
काठमाडौं । प्रहरीले, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिकलाई पक्राउ गरेको छ ।
दुबईबाट काठमाडौं ओर्लिएका क्यानेडीयन नागरिक मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको र थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौं मेडिकल कलेज, केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड–२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको ।