रहेनन् नेपाल राष्ट्र बैंकका पहिलोे गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।
९५ वर्षीय जबराको उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।
उनका परिवारका अनुसार अस्वस्थ रहेका राणालाई ४–५ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो ।
१४ वर्षमै मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए। उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए ।
जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए ।उनले सन् १९८७ मा नेपालमा गोर्खा ब्रुअरी पनि स्थापना गरेका थिए ।