नेपालमा सुनको भाउ एक हजार ४ सय रूपैयाँले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रवार छापावाल सुन तोलामा एक हजार ४०० रूपैयाँ घटेको हो ।
शुक्रवार छापावाल सुन तोलामा एक लाख ६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहीबार तोलामा एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख पाँच हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।