यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १८ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककका अनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा पुगेको छ ।
यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १९ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ०५ पैसा र बिक्री दर १६१ रुपैयाँ ७९ पैसा रहेको छ ।