मधेश मन्त्रिपरिषद विस्तार,६ जना मन्त्री ३ जना राज्यमन्त्री थपिए
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् ।
गत पुस २९ गते तीन जना बिनाविभागीय मन्त्रीसहित शपथ लिएका मुख्यमन्त्री यादवले ३ सातापछि आज ६ जना मन्त्री तथा ३ जना राज्यमन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
६ जना मन्त्री तथा ३ जना राज्यमन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद विस्तार गरिएको हो । मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरुले शुक्रबार साँझ शपथ समेत लिएका छन् ।
सुरिता साहले सामाजिक विकास, महेश यादवले शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य, शत्रुध्नप्रसाद सिंह गृह तथा संचार, मो. जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद, सिंगासन सा कलवार खानेपानी तथा उर्जा र राजकुमार लेखी कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा सुरिता साहले शपथ ग्रहण गरेका गरेका छन् ।
त्यस्तै संजयकुमार यादवले सामाजिक विकास राज्यमन्त्रीमा शेष अबुल कलाम आजाद, गृह तथा संचार राज्यमन्त्रीमा केशव राय र भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमो शपथ ग्रहण गरेका हुन् ।
सत्ता साझेदर दल माओवादी केन्द्रले भने मन्त्री पठाएको छैन ।