राजासहितको प्रजातन्त्र स्थापना गर्न आएका हौं होच्याउने काम नहोस : राप्रपा सांसद जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जवराले राजा सहितको प्रजातन्त्र स्थापना आफुहरुको बटम लाईन भएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् जवराले, राजा सहितको प्रजातन्त्र स्थापनाका लागि संविधानले नरोक्ने भन्दै राप्रपालाई प्रहार नगर्न चेतावनी दिए ।
जवराले भने, ‘राप्रपा माथि प्रहार भयो। राप्रपा सानो होला तर, हामी नेपाली जनताको मनमा भिजेका छौं। सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौं।’
जबराले, यही व्यवस्था र संविधानभित्र रहेर आफुहरु संसदमा आएको भन्दै उनले भने ‘त्यो कुरा संविधानले रोक्दैन। बोल्न पाउनुपर्छ। हामीलाई हेप्ने र होच्याउने काम नहोस। ’