अमेरिकाको पर्यटन मेलामा नेपालको चर्चा
न्यूयोर्क,अमेरिका / न्यूयोर्कमा सम्पन्न दुई दिने ट्राभल एण्ड एड्भान्चर मेलामा (ट्राभल शो) नेपालको पनि सहभागिता भएको छ।
ट्राभल्स शोमा हिमाल आरोहणका समय प्रयोग गरिने र पदयात्रामा प्रयोग हुने सामग्री लगायत पशुपतिको मन्दिर र स्वयंभू स्तुपा पनि प्रदर्शनमा राखिएको थियो ।
युनिकम एलएलसीको आयोजनामा जेकब जाभिट्स सेन्टर, म्यानहट्टनमा भएको (जनवरी २८ र २९) बृहत मेलामा आधिकारिक कम्पनी ट्राभल ब्युरो अफ नेपालले मुलुकको प्रतिनिधित्व गरेको हो।
ट्राभल ब्युरो अफ नेपालका सीईओ प्रदिप श्रेष्ठ हुन्। उनी न्युयोर्कका लागि नेपाल पर्यटन बोर्डद्वारा नियुक्त पर्यटन दुत पनि हुन । गत अक्टोबरमा पनि न्यूयोर्क भएको अन्तर्राष्ट्रिय ट्राभल शो मा पर्यटन दुत श्रेष्ठले नेपालको प्रचार गरेका थिए।
नेपालको प्रचार प्रसार गर्नु आफ्नो पदीय जिम्मवारी र कर्तव्य भएकाले यस प्रकारका मेलामा सहभागि भएको श्रेष्ठले बताए।
‘मेरो काम नै नेपालको प्रवर्दन गर्नका लागि हो, यस पटकको शोका लागि छ महिना अगाडि नै बुक गरेको थियौ, पछि केही साथी आउन चाहेनन केहीलाई भिषा समस्या भयो तर मैले आफ्नो जिम्मेवारी पुरा गरे।’ श्रेष्ठले भने।
नेपाल बाट केहि कम्पनीहरुले ट्राभल शो मा सहभागी हुन कोशिश गरेका थिए तर नेपाल स्थित अमेरिकन एम्बेसीले भिषा अन्तवार्ताको लागि २०२४ मा मात्र समय दिएको ले उनिहरु सहभागी हुन नसकेको पर्यटन दुत श्रेष्ठको भनाई छ।
ट्राभल शो मा अन्तर्राष्ट्रिय ट्राभल कम्पनीहरु , होटल , रिसोर्ट तथा विभिन्न एयरलाइंस कम्पनीहरुको सहभागिता रहेको थियो । ट्राभल एण्ड एडभेन्चर शो मा भ्रमणकर्ताको उत्साह जनक उपस्थितीले शो मा सहभागी पर्यटन व्यवसायी हरु निकै ख़ुशी देखिएका थिए ।
कोभिड-१९ ले सुस्ताएको पर्यटन व्यवसाय अब चलायमान हुने देखिएको छ । ट्राभल ब्युरो अफ नेपालका नेपाल प्रतिनिधि तथा नेपाल पर्वातारोहण संघका बोर्ड सदस्य एव पर्यटन ब्यबसायी राजेन्द्र लामा पनि उक्त शो मा सहभागी भएका थिए ।
लामाका अनुसार भ्रमणकर्ताहरु नेपालका बारे जान्न र नेपाल भ्रमण गर्न निकै उत्साहित देखिन्थे । नेपालको बारेमा जानकारी दिन पाउँदा आफुलाई खुसी लागेको लामाले बताए। ‘मैले विदेशका बिभिन्न मेलामाहरुमा सहभागी हुने अवसर पाएको छु तर यो पटक मेलामा नेपालको बारेमा न्युर्योक बासीको चासो देख्दा निकै उत्साहीत भए।’
दुई दिने पर्यटन मेलामा करीब पच्चीस हजार डलर खर्च भएको ट्राभल ब्युरो अफ नेपाल का सीईओ प्रदिप श्रेष्ठ ले जानकारी गराएका छन । उक्त खर्च उनले निजी रुपमा गरेको पर्यटन दुत श्रेष्ठको भनाई छ।
नेपाल सरकार बाट सहयोग पाउने आशामा करिब छ महिना अघि नै उक्त शो को लागि बुथ बुक गरि सम्बन्धित निकायमा जानकारी गराएको र नेपालका पर्यटन सँग सरोकार राख्ने नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र पर्यटन मन्त्रालय लाई पटक पटक अनुरोध गर्दा पनि कुनै निकाय बाट सहयोग नपाएको दुखेसो श्रेष्ठले गरेका छन ।
‘नेपालका बिभिन्न निकायलाई कसरी नेपालको पर्यटन प्रबर्धन गर्न सकिन्छ भनेर पटक पटक बिभिन्न खाका तथा योजनाहरु जानकारी गराए तर उहाँहरुले त्यती गहन रुपले लिएको मैले पाएको छैन।’ श्रेष्ठले समाज टाइम्स सँग भने, ‘यदी सरोकार राख्ने निकायहरुले अलीकती चासो दिएमा अझै प्रभावकारी तरिकाले नेपालको पर्यटन प्रबर्धन गर्न सकिने छ।’
श्रेष्ठले सद्भावना र पर्यटन दुत नियुक्ति गर्दा बिशेष निर्देशिका जारी गरि कार्यबिधी बनाउन पनि माग गरेका छन्।
नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रि सुदन किराती लाई केहि समय अघि मात्र सामाजिक संजालबाट बधाई दिने क्रममा पर्यटनदुत श्रेष्ठले राजनैतिक स्वार्थ पुर्ति गर्ने उद्देश्यले नियुक्त गरिएको सद्भावना दुत र पर्यटन दुत हरु लाई बिशेष निर्देशिका जारी गरि कार्यबिधी बनाएर मात्र नियुक्त गर्न माग गरेका थिए ।
पर्यटन प्रबर्धनको नाममा केहि थाहा नभएका व्यक्तिहरुलाई सद्भावना दुत र पर्यटन दुत नियुक्त गर्न नहुने भनाई श्रेष्ठले राखेका छन। यदि सरकारले कार्यबिधी बनाएर नियुक्त गरेमा आफु पर्यटन दुत नभए पनि कुनै दुखेसो नरहेको उनले बताए।