पेन्सिलभेनियामा विद्युत् महसुल तेब्बर बढ्दा ग्राहक हैरान,अधिकारी भन्छन त्रुटी सच्याउ छौ
पेन्सिलभेनिया, अमेरिका / तपाई पेन्सिलभेनिया पावर र लाइट (पीपीएल) को ग्राहक हुनुहुन्छ भने पछिल्ला दुई बिलबाट तपाई हैरान हुनु भएको होला ।
नहोस पनि किन । पीपीएलको बिल तेब्बर सम्म बढेर आएको छ। जसले ग्राहकहरू निराश छन्। विद्युतीय बिलहरू दोब्बर वा तीन गुणा बढेका छन् । तर कीन त्यस्तो भयो ग्राहकलाई थाहा छैन नत पीपीएलले विद्युतको मूल्य बढ्यो भनेर अग्रिम नै जानकारी दिएको छ।
पीपीएलका ग्राहकले सामाजिक सञ्जालमा लेखेका छन्, “हाम्रो बिल नोभेम्बरको पाँच सय ५० थियो, डिसेम्बर महिनाको लागि नौ सय डलर भएर आएको छ । म सेवानिवृत्त छु र यसरी बिलहरू तिर्न सक्दिन।”
ग्राहकहरुले जाडोको समयमा आफुहरुको घरमा हिटिङ सिस्टम ग्यासबाट चल्ने गरेको तर बिल भने गर्मीमा भन्दा पनि दोब्वर आएको भन्दै असन्तुष्टि जनाएका छन्।
अर्का एक पीपीएलका ग्राहकले लेखेका छन्, “गर्मीमा एसी चलाउदा भन्दा पनि दोब्बर बिल अहिले जाडोमा आएको छ, जबकी मेरो घरमा हिटिङ्ग सिस्टमका लागि ग्यासको प्रयोग गर्छु, यो के अचम्म भयो।”
अर्का ग्राहकले वर्षको तुलनामा यस वर्ष कम बिजुली प्रयोग गरेको तर बढी बिल आएको गुनासो गरेका छन्। “गत वर्ष सोही अवधिमा हाम्रो बिल लगभग चार सय डलर थियो, यस पटक सात सय भएको छ।”
कतिपय ग्राहकले अस्वाभाविक बिलका बारेमा पीपीएललाई गुनासो गर्दा सहज जवाफ नपाएको गुनासो गरेका छन्। ग्रहाक सेवा केन्द्रमा फोन गर्दा घण्टौ सम्म पालो नपाउने, बल्ल बल्ल उपलब्ध प्रतिनिधिले पनि सही जवाफ नदिने गरेको गुनासो गरेका छन्।
अधिकारीहरु भन्छन्, प्राविधक त्रुटी भयो मिलाउदै छौ
पीपीएलका अधिकारीले ग्राहकको प्रणालीमा आएको प्राविधिक समस्याले त्रुटी पूर्ण बिल जारी भएको जनाएका छन्।
पीपीएलका अध्यक्ष स्टेफ रेमन्डले ग्राहकलाई सम्बोधन गर्दै विज्ञप्ति जारी गरेका छन्। जसमा भनिएको छ “प्राविधिक समस्याहरूले गर्दा ग्राहकहरूलाई गलत बिलहरू पठाइयो।”
उनले ग्राहकहरूलाई बिलिङ समस्याहरू, दर वृद्धिलाई सम्बोधन गर्न पत्र पठाउँने जनाएका छन्।
“हामीले प्राविधिक समस्या समाधान गरेका छौं जसले गर्दा अनुमानित बिजुलीको उपयोगमा आधारित बिलहरूको उल्लेखनीय संख्या थियो।” अध्यक्ष स्टेफनीले भनेका छन्।
उनले अहिले प्राविधिक त्रुटीका कारण बढी रकमको बिल आएमा त्यसलाई अर्को महिना समायोजन गर्ने जनाएका छन्।
“तपाइँको अर्को मासिक बिलमा समायोजन गरी तपाइँले प्रयोग गरेको बिजुलीको मात्र भुक्तानी सुनिश्चित गर्नु हुने छ।”
पीपीएलले जनवरी र फेब्रुअरीको बिल भुक्तानीमा विलम्व शुल्क (लेट फि) नलाग्ने र मार्च ३१ सम्म भुक्तान नगरेकोमा आवासीय र साना-व्यापार ग्राहकहरूको बिजुली बन्द नगर्ने पनि जनाएको छ।
पीपीएलले बिलिङ मामिलामा गल्ती गरेको यो पहिलो पटक होइन। गत वर्ष पनि झण्डै १२ हजार ग्राहकहरूले गलत बिलको सामना गरेका थिए।
पीपीएलले पेन्सिलभेनियाको हाई उपत्यकाका २९ काउन्टीहरूमा एक सय चार मिलियन ग्राहकहरूलाई बिजुली प्रदान गर्ने गरेको आफ्नो वेवसाइडमा उल्लेख गरेको छ।
पीपीएल कर्पोरेशनको सहायक कम्पनी हो। यसले केन्टकी, रोड आइल्याण्ड र भर्जिनियामा तीन दशमलव पाँच मिलियन भन्दा बढी ग्राहकहरूलाई बिजुली र प्राकृतिक ग्यास उपलब्ध गराउँछ ।