काठमाडौंमा सुकुमबासी व्यवस्थापनबारे गृहमन्त्री र मेयर बीच छलफल
काठमाडौं । काठमाडौंमा सुकुमबासी व्यवस्थापनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनबीच छलफल भएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लामिछाने र मेयर बालेन बीच छलफल भएको हो।
सुकम्बासी बस्ती व्यवस्थापन, सुकुमबासी समस्या समाधान गर्नेतर्फ छलफल केन्द्रित रहेको जनाइएको छ ।
काठमाडौं महानगरले थापाथलीमा सुकुमबासी बस्ति हटाउन खोजे पछि प्रतिकार भएको थियो।
त्यस पछि महानगरले गृह मन्त्रालय सँग सहयोग मागेको थियो ।
गृह मन्त्रालयले भने विकल्पविना सहयोग गर्न नसक्ने जवाफ पठाएको थियो।