उपसभामुख निर्वाचनः मुक्ता कुमारीलाई मतदान गर्न कांग्रेसको ह्वीप

काठमाडौँ । शनिवार हुने उपसभामुख निर्वाचनमा कांग्रेसकी उम्मेदवार मुक्ता कुमारीलाई मतदान गर्न विपक्षी नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपसभामुखकी अर्की उम्मेदवार इन्दिरा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो १ बजे बस्दैछ ।