साउदी अरेबियाको लागि जासुसी गरेको आरोपमा ट्वीटरका कर्मचारी जेल चलान
सान फ्रान्सिस्को । ट्विटरका एक पूर्व प्रबन्धकलाई साउदी अरबका लागि जासुसी गरेको आरोपमा दोषी ठहर गरिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, धेरै वर्ष अघि उनले साउदी अरबसँग डाटा साझेदारी गरेका थिए र सम्भावित रूपमा प्रयोगकर्ताहरूको पहिचान खुलासा गरे ।
उनलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको अमेरिकी अभियोजकहरूले बताएका छन् ।
सान फ्रान्सिस्कोको संघीय अदालतले यस वर्ष अगस्टमा अहमद अबुम्मोलाई दोषी ठहर गरेको थियो।
अभियोजकहरूले अबुम्मोलाई सात वर्ष भन्दा बढीको जेल सजायको माग गरेका थिए । तर, निर्णायक मण्डलले उनलाई साढे तीन वर्षको मात्रै सजाय सुनाएको थियो ।