भारतीय र चिनियाँ सेनाबीच अरुणाचलको सीमावर्ती क्षेत्रमा फेरी झडप
नयाँ दिल्ली । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको खबर छ । यो घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । भारतीय समाचार संस्था एएनआइका अनुसार झडप डिसेम्बर ९ अर्थात् गत शुक्रबार भएको थियो ।
भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएका छन् ।
लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो । त्यसबेला २० भारतीय सैनिक मारिएका थिए भने धेरै घाइते भएका थिए ।
यस क्षेत्रमा यसअघि पनि भारत र चीनका सैनिक आमनेसामने हुँदै आएको समाचार प्रकाशित गरेको छ । तर, यस विषयमा भारत सरकारको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
















