सरकारले पुस १ गतेदेखि हटाउने भयो विलासी वस्तु माथिको प्रतिबन्ध
काठमाडौं । सरकारले प्रतिबन्धित वस्तु आयात खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धित वस्तुको आयात खुल्ला गर्ने निर्णय गरेको छ ।
सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाउँदै आएको थियो । यो प्रतिबन्ध अब पुस १ गतेदेखि फुकुवा हुनेछ ।
विदेशी मुद्रामा सञ्चितिमा संकट देखिए पछि सरकारले गत वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । अन्य वस्तुको आयात खुला गरे पनि अहिले पनि ४ वस्तुमा प्रतिबन्ध कायम रहेको थियो ।