सुनसरीबाट सञ्चारमन्त्री कार्की विजयी
सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।
कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै विजयी भएका हुन् ।
सञ्चारमन्त्री कार्की कुसियैतभन्दा ११२ मत बढी ल्याउँदै विजयी भएका हुन् । उनले ३० हजार ४ सय ८३ मत ल्याए । एमाले उम्मेदवार कुसियैतले भने ३० हजार ३ सय ७१ मत प्राप्त गरे ।