स्कुलमा नाटक ‘अभिप्सा’ मार्फत महिला हिंसामार्फत चेतना बढाइदै
काठमाडौं / नेपाली समाजमा महिलाले भोगेका धेरै किसिमका हिंसाका बारेमा चेतना बढाउनका लागि नाटक ‘अभिप्सा’ विभिन्न स्कूलमा देखाउने तयारी गरिएको छ। दृश्य सादृश्य नामक नाट्य समूहले यो कचहरी नाटक तयार गरेको हो। नेपाली समाजमा महिला आधा आकाश ओगट्ने भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको दृश्य सादृश्यले जनाएको छ।
दृश्य सादृश्यका अनुसार छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन। महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ। यसैलाई मनन गर्दै महिला अब कमजोर छैनन् भनेर समाजलाई देखाउन लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान कचहरी नाटक हुने भएको छ।
नाटकमा ‘अभिप्सा’ कक्षा ७ मा पढ्ने राम्री जेहेन्दार तथा मिहिनेती विद्यार्थी रहेकी हुन्छ। ऊ माथि उसको स्कुलले पनि ठूलो आशा भरोसा गरेको हुन्छ। उनको घरबाट स्कुल टाढा रहेको हुन्छ। उनलाई स्कुल जादाँ र घर फर्कने क्रममा बाटोमा केटाहरूले जिस्काउने तथा प्रेम पत्र दिन हानथाप गर्छन्। त्यसैबेला उनलाई गाउँकी एउटी महिलाले देखेकी हुन्छ।
ती महिलाले अभिप्साको आमाबुबालाई उक्त कुरा सुनाइदिन्छिन् र अभिप्साको विवाहको कुरा घरमा चल्न थाल्दछ। अन्ततः उसको पढाइ बिचमै छुट्छ र उनको सानो उमेरमा नै बाल विवाह हुन्छ। उनलाई उसको श्रीमानले पढाइदिने समेत आश देखाइएको हुन्छ तर, उनलाई उसकै श्रीमानले विदेश लगेर बेचिदिन्छ र उनले विदेशमा निकै दुःख पाउछे। ऊ माथि परपुरूषहरूले यौन शौषण गर्छन्।
केही दिन पछि अभिप्साको बुबा आमाले छोरीको हालखबर बुझ्न सामाजिक सञ्जालमा सम्पर्क गरेका हुन्छन्। त्यहिँ कल मार्फत् अभित्सा आफू सामु नरहेको अभिप्साको पतिले बताउछन् र उसका बुबाआमा भावविह्वल हुन्छन्।
एकदिन उसले आफ्नो मनका सबै कुरा सामाजिक सञ्जाल फेसबुकमा राख्छिन्। उसको कुरा सबैतिर चर्चामा, भाइरल हुन्छ। त्यो भिडियो उसको दाईले देख्छ र आफ्नो परिवारलाई बताउँछ र उसले आफ्नो बहिनीलाई विभिन्न संस्थाहरूको साथ सहयोगमा अभित्साको उद्धार गर्दछ।
जब अभित्सा विदेशबाट आफ्नो परिवारको हार गुहार बाट गाउँ फर्किन्छ तब उनलाई उसको समाजले स्विकार्दैन। उसलाई समाजले विरोध गर्छ र उसको दाजुले बहिनी अभिप्सालाई आफ्नो गाउँ ठाउँ र परिवारमा स्थापित गराउन संघर्ष गर्ने कुरा कचहरी नाटक अभित्साले देखाउन खोजेको छ।
नाटकले हाम्रो समाज, गाउँ, ठाउँ र परिवार भित्रै हुने हिंसाका विभिन्न किस्साहरू देखाएको छ। नाटक आफैमा स-शक्त हुन्छ। यस नाटकका पात्रहरूले पनि स-शक्त भुमिका निभाएका छन्।
उक्त नाटकका लेखक सालिक भण्डारीका अनुसार, कचहरी नाटक अभिप्सा सामाजिक विषयवस्तुमा आधारित हाम्रै समाजको कथा विषयबस्तु हो। उहाँले हामीले देखेका भोगेका कथा नै नाटकमा प्रस्तुत गरिएको बताउनुभयो।
नाटकका निर्देशक सरस्वती अधिकारीले अभिप्सालाई काठमाडौंका विभिन्न विद्यालयहरूमा देखाइने बताउनुभयो। उहाँले महिला भएकै आधारमा महिलामाथि हुने विभेदलाई नाटकले देखाउन खोजेको समेत बताउनुभयो।
नाटकमा सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुलदीप अधिकारी, रामकुमार थामी , उन्नत उप्रेती लगायतका कलाकारहरूको भूमिका रहेको छ
आइएनएस-स्वतन्त्र समाचार