एनआरएनए सिइयोको तलब ६ लाख बनाउन प्रस्ताव ? (प्रतिवेदन सहित)
पेन्सिलभेनिया, अमेरिका । प्रक्रिया मिचेर नियुक्ति पाएका गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी निर्देशक (सिइयो) रवि किरण अधिकारीले पुन विवादास्पद कार्य अगाडि बढाएका छन्।
यस पटक उनले आफुलाई पोस्ने तर सिङ्गो एनआरएनएलाई बोझ थप्ने तर्फ लागेको भन्दै चिन्ता जाहेर गरिएको छ। तलव सेवा सुविधाका सम्वन्धमा नियमावली मिचेर अधिकारीको नियुक्ति भएको भन्दै पदाधिकारीबाट व्यापक आलोचना भएको थियो।
केही पदाधिकारीले सिइयोको नियुक्ति नै खारेज गर्नु पर्ने माग समेत गरेका थिए। विवाद बल्झदै गए पछि मध्यमार्गी रुपमा कर्मचारी नियमवाली संसोधन गर्ने सहमति भएको थियो।
सोही सहमतिको फाइदा उठाउदै सिइयो अधिकारीले आफूलाई केन्द्रबिन्दुमा राखेर ‘एचआर अडिट’ (मानव संसाधान) प्रतिवेदनको अगामि पदाधिकारी बैठकमा लाने तयारी गरेका हुन् ।
समाज टाइम्सलाई प्राप्त सो प्रतिवेदनले संघको कार्यकारी निर्देशकको मासिक तलव ६ लाख रुपैयाँसम्म हुनसक्ने प्रस्ताव गरिएको छ ।
हाल एनआरएनएको कर्मचारी नियमावलीले कार्यकारी निर्देशकको तलव मासिक १ लाख ४८ हजार ३ सय ६५ रुपैया रहेको छ । नियमावलीले ६० प्रतिशत तलव र ४० प्रतिशत भत्ताको अनुपात तोकेको छ ।
काठमाडौंस्थित फ्रण्टलाइन कन्सल्टेन्ट प्राइभेट लिमिटेडले तयार गरेको सो रिपोटमा एनआरएनए जस्तै अन्य च्यारिटी अर्गनाइजेशनको तुलनामा संघको सेवासुविधा कम भएको सुझाव दिएको छ । प्रतिवेदन अनुसार काठमाडौंस्थित सचिवालयका कर्मचारीलाई गाडी ड्राइभर, इन्धन दिनुपर्ने प्रस्ताव गरिएको छ ।
गैरआवासीय नेपाली संघका एक अध्यक्षका अनुसार सो कम्पनीले कार्यकारी निर्देशक अधिकारसँगको मौखिक अन्तरवार्ताका आधारमा आफ्नो प्रतिवेदन तयार गरेको थियो । उनले भने सिइओ नै नयाँ छन् संस्थाको संरचनासमेत बुझेका छैनन्, त्यो फ्रन्टलाइन भन्ने कम्पनीले हामीसँग एक पटक पनि सम्पर्क गरेन् कुन आधारमा प्रतिवेदन तयार भयो मैले बुझेको छैन् ।
प्रतिवेदनको पूर्ण पाठ















