मोन्टगोमेरी काउन्टी नेपाली लाइन्समा नयाँ नेतृत्व

पेन्सिलभेनिया,अमेरिका / अमेरिकाको पेन्सिलभेनियामा रहेको मोन्टगोमेरी काउन्टी नेपाली लाइन्स क्लबले नयाँ नेतृत्व पाएको छ।
सोमबार सम्पन महाधिवेशनले जयन्द्र लामाको अध्यक्षतामा सर्वसम्वत नयाँ नेतृत्व चयन गरेको हो। यो क्लब सन २०१८ मा स्थापना भएको हो। नबिन लामा क्लबका संस्थापक अध्यक्ष हुन्।
महाधिवेशनले प्रथम उपाध्यक्षमा रबिन पाख्रिनलाई चयन गरेको छ। यस्तै दित्तिय उपाध्यक्षमा निकिता महर्जन चयन भएकी छिन्।

सचिवमा लक्ष्मण लामा र कोषाध्यक्षमा सुरेश कलवार चयन भएका छन्।
पूर्ण कार्यसमिति निम्ना अनुसार छ।

नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई पेन्सिलभेनिया नेपाली गुठी एशोसिएशनका संरक्षक विमल मोक्तानले प्रमण पत्र वितरण गरेका थिए।
कार्यक्रममा ९२ वर्षीय नोरगीन डोल्मा मोक्तानको विशेष उपस्थिति रहेको थियो।

यस्तै गुठीका अध्यक्ष विनोद मोक्तान, गैरआवासिय नेपाली संघ अमेरिका पेन्सिलभेनिया च्याप्टरका अध्यक्ष सुभाष बैठा, जनसम्पर्क समिति अमेरिका पेन्सिलभेनिया च्याप्टरका सभापति डाक्टर केशव भण्डारी, नेपाल प्रहरीका पूर्व एआइजी नजराज ढकालले पनि महाधिवेशनको सफलताको शुभकामना दिएका थिए।
कार्यक्रममा तामाङ सोसाइटी अफ पेन्सिलभेनियाका अध्यक्ष- कबि घिसिङ, शरण लुइँटेल, सुनील श्रेष्ठ, हरिओम श्रेष्ठ, शुभाना श्रेष्ठ, साईमन श्रेष्ठ, रविन पाक्रिन, रीकेश पाक्रिन, सुरेन्द्र योञ्जन र रमेश घिसिङ सहभागि थिए।
यस्तै मनोज लामा, प्रेम लामा, ओम सापकोटा, कर्म लामा, लक्ष्मण लामा, डिनीला घलान, अर्जुन बोसेल पनि कार्यक्रममा सहभागि थिए।


