सन्दीप लामिछानेको ठाँउमा नेपाली क्रिकेटको नयाँ कप्तान रोहित पौडेल
यूएईविरुद्ध श्रृंखला खेल्ने टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलललाई पुरुष राष्ट्रिय टिमको कप्तान घोषणा गरेको छ।
नाबालिका बालात्कार आरोपमा सन्दीप लामिछाने निलम्बनमा परे पछि नेपाली राष्ट्रिय टिमको कप्तान पद खालि रहदै आएको थियो। क्यानले उप कप्तान पौडेललाई कप्तानको जिम्मेवारी दिएको हो।
क्यानले पौडेलको कप्तानीमा शुक्रबार युएईविरुद्धको तीन एक दिवसीय शृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ ।
नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबारबाट युएईविरुद्ध तीन एक दिवसीय शृंखला खेल्दैछ । शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, सोमपाल काम, करण केसी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भिम सार्की, कमल सिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह आदिल आलम, अर्जुन साउद, गुल्सन झा