नेपाली कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला सहित ७४ जना पार्टीबाट निष्काशित
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो ।
कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाद्वारा जारी विज्ञप्तिमा पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य समेत नरहनेगरी निकालेको जनाएइको छ ।
केन्द्रीय सदस्य कोइराला चितवन ३ बाट गठबन्धन विरूद्व बागी उठेका छन् । उनलाई प्रमुख प्रतिपक्षी दल एमालेले सघाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरूद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।’
कांग्रेसबाट निस्काशित हुनेहरु