अमेरिकामा यी नेपाली जसले पुरा गरे न्यूयोर्क म्याराथन

न्यूयोर्क,अमेरिका। झण्डै एक दर्जन नेपालीले अमेरिकाको न्यूयोर्कमा सम्पन्न विश्व प्रख्यात न्यूयोर्क सिटी म्याराथन पुरा गरेका छन्।
विश्वभरका धावकको सहभागिता रहेको न्यूयोर्क म्याराथन नोभेम्बर ६ तारिक आइतवार म्यानहाटनमा सम्पन्न भएको थियो।
५० हजार धावकको भीडमा नेपालका समीर शाह, कृष्ण ढकाल र स्वरुपा खड्का लगायतले न्यूयोर्क म्याराथन पुरा गरेका हुन्। न्यूयोर्क सिटी म्याराथनको आधिकारिक वेबसाइडमा नौ जना नेपालीले म्याराथन पुरा गरेको देखाएको छ।
यस्तै केही नेपाली मुलका अमेरिकनले पनि म्याराथन पुरा गरेका छन्।
नेपाली राष्ट्रिय एथलेटिक्स टिमकी पूर्व सदस्य स्वरुपाले निर्धारित दुरी (२६.२१९ माइल, ४२.१९५ किमी) तीन घण्टा ३४ मिनेट ५३ सेकेण्डमा पुरा गरेकी छन्। स्वरुपा कोरिया एशियाडमा नेपालबाट भाग लिएकी धाविका हुन्।
स्वरुपाले आफुले आफ्नो व्यक्तगत समय भन्दा पनि रेश लिडरको रुपमा म्याराथन पुरा गरेको बताइन्।’मेरो व्यक्तिगत टाइम दुई घण्टा ५५ मिनेट हो तर म यस पटक आफ्नो टाइम सुधार गर्न भन्दा पनि तीन घण्टा ३५ मिनेट सम्ममा म्याराथन पुरा गर्नेहरुको पेश मिलाउन सो समुहको लिड गर्दै दौडिएकी हु।’
न्यूयोर्क म्याराथुन पुरा गर्ने नेपालीहरुको नाम र समय


यस्तै समीर शाहले दुरी पाँच घण्टा २५ सेकेण्डमा पुरा गरेका हुन्। यस्तै कृष्ण ढकालले तीन घण्टा ४२ मिनेट २८ सेकेण्डमा पुरा गरेका छन्। दुबै जनाले जीवनमा पहिलो पटक म्याराथनमा भाग लिएको र पहिलो सहभागितामा नै दौड पुरा गरेको बताए।
समाज टाइम्सको सम्पर्कमा आएका शाह र ढकालले आफुहरुले व्यक्तिगत प्रयासमा म्याराथनमा भाग लिएको प्रतिक्रिया दिए।
न्यूयोर्क म्याराथनमा टाइमिङ्ग, च्यारेटी र लक्की ड्र मार्फत भाग लिन पाइन्छ।
न्यूयोर्कको सरकारी विधुत कम्पनी कन एडमा कम्युटर इन्जिनियरमा कार्यरत ४० वर्षीय शाहले आफुले लक्की ड्र मार्फत म्याराथनमा दौडन पाएको बताए।

‘म अमेरिका आए पछि मात्र दौडन थालेको हुँ,’ काठमाडौंका शाहले समाज टाइम्स सँग भने, ‘पाँच किलोमिटर, दश किलोमिटर त म दौडि रहन्थे,२०१९ मा हाफम्याराथन पुरा गरे त्यस पछि म्यराथन किन प्रयास नगर्ने भयो, भाग्यवस चिठ्ठा पर्यो।’
यस्तै ढकालले आफुले च्यारेटी मार्फत म्याराथनमा भाग लिन पाएको बताए। सुनसरी इटहरीका ४२ वर्षीय ढकालले पनि अमेरिका आए पछि मात्र दौडन थालेको बातए। ‘स्वास्थ प्रति म सजक थिए, पाँच दश किलोमिटर त दौडिरहन्थे, हाफ म्यारथन पनि पुरा गरे त्यस पछि म्याराथन किन नगर्ने भन्ने भयो।’ ढाकालले भने।

उनले पटक पटक लक्की ड्र मार्फत प्रयास गरे पनि सफल नभए पछि च्यारेटीको बाटो लिएको बताए।
‘लट्री भरियो दुई तिन वर्ष पर्दै परेन, त्यस पछि नाइन्स फल्स वान कार्यक्रमबाट म्याराथन दौडन योग्ग भए।’ न्यूयोर्कमा एक बैकमा आइटी क्षेत्रमा कार्यरत ढकालले भने ।
न्यूयोर्कमा मान्यता प्राप्त नौ वटा रोड रेश पुरा गरेको र स्वयमसेवकको रुपमा काम गरे पछि च्यारेटीमा अपिल गर्न पाइन्छ।
(यस अगाडि तीन जनाले म्याराथन पुर गरे भनी समाचार प्रकासित भएकोमा क्षमायचना सहित सच्चाइएको छ। सम्पादक )