लमजुङमा अघिल्लो पटक सँगै भोट मागेका ‘दुई हेवीवेट’ अहिले आपसमा भिड्दै
लमजुङ्ग/ मंसिर चार गते हुने प्रतिनिधि सभा निर्वाचनमा लमजुङमा दुई हेवीवेट भिड्न्त हुदै छ।
संघीय संसदका लागि एक मात्र क्षेत्र रहेको लमजुङमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङ र नेकपा एमालेका उपमहाचसिव पृथ्बीसुब्बा गुरुङ एक अर्काका प्रतिस्पर्धी भएका छन्।
रोचक कुरा के भने अघिल्लो पटकको निर्वाचनमा यी दुबै जना सँग सँगै भोट मागेका थिए। बाम तालमेल हुदाँ देव प्रसाद संघीय र पृथ्बी सुब्बा प्रदेश संसदमा निर्वाचित भएका थिए। तर यस पटक एक जना रोकिने पक्का छन्।
अर्को रमाइलो पक्ष पृथ्बीसुब्बा लमजुङका सदावहार उमेदवार हुन्। २०४३ सालमा मादल चिन्न लिएर डाक्टर हर्क गरुङ र लेखनाथ अधिकारी सँग राष्ट्रिय पञ्चायत सदस्यका लागि उमेदवार बनेका पृथ्बी सुब्वाले त्यस यताका कुनै पनि संसदिय निर्वाचनमा उमेदवार हुन छोडेका छैनन्।
२०४८ र २०५१ मा नेपाली कांग्रेसका रामबहादुर गुरुङ सँग हारेरका पृथ्बीसुब्बा २०५६ सालमा कांग्रेसकै हरिभक्त अधिकारी सँग पराजित भएका थिए। हारेर नथाक्ने उपमा पाएका पृथ्बीसुब्वा २०६४ मा भने उनी विजयी भएका थिए।
२०७० को चुनावमा कांग्रेसकै चन्दबहादुर कुँवर सँग पराजित भए। २०७४ सालमा भने उनको भागमा जित लेखियो । कांग्रेसका कृष्ण कोइरालालाई हराएका उनी गण्डकी प्रदेशको मुख्य मन्त्री समेत भए।
नेकपामा आएको विवादका कारण बीचैमा पद छोड्न बाध्य भएका पृथ्बीसुब्बा यस पटक पनि प्रदेशबाटै चुनाव लड्न चाहेका थिए तर पार्टीले उनलाइ संघिय संसदका लागि टिकट दियो । जसका कारण मन अमिलो बनाएर भए पनि उनी चुनावी मैदानमा छन्।
गण्डकी प्रदेश सरकारकाे मुख्यमन्त्री बन्ने साैभाग्य पाएका उनले पूरा कार्यकाल काम गर्न पाएनन् । साढे तीन वर्ष नबित्दै उनले पद गुमाए । यसपालि पुनः लमजुङ प्रदेश ख बाट चुनाव जितेर मुख्यमन्त्री बन्ने उनकाे सपना थियाे । उनले प्रचार प्रसार पनि थालिसकेका थिए ।
यस पटक पृथ्बीसुब्बाको एमाले अध्यक्ष केपी ओली सँग पहिलाको जस्तो न्यानो सम्वन्ध छैन्।
अर्का तर्फ देव प्रसाद ‘चाहार्दै हिड्ने’ उमेदवारमा पर्दछन्। मनाङका स्थायी बासिन्दा देव प्रसाद २०४८ साल पहिलो पटक लमजुङमा उमेदवार बनेका थिए। ‘एक बाम एक ठाम’ नारा सहित उमेदवार भएका देव नेपाली कांग्रेसका रामचन्द्र अधिकारी सँग पराजित भएका थिए।
त्यस पछि उनी कहिले मनाङ, कहिले कास्कीबाट संसद निर्वाचित भए। कयौं पटक चुनाव ‘बहिस्कार’ गरेका देव प्रसादले २०७४ मा नेपाली कांग्रेसका दिल बहादुर घर्तिलाई हराउदै लमजुङबाट संघिय संसदमा निर्वाचित भएका थिए।
पृथ्बी सुब्बालाई अरुलाई मौका नदिने र देव प्रसादलाई अस्थिर तथा टुरिष्टको आरोप लाग्ने गरेको छ। जन्मथलाे मनाङ भएर पनि देव प्रसादले कर्मथलाे लमजुङ सँग साइनो जोडिएको बताउदै आएका छन्।
२०५६ साल सम्म लमजुङ काग्रेसका लागि उर्भरभूमि थियो । तीन वटा संसदिय चुनावमा दुबै क्षेत्र कांग्रेसले सानदार जित्दै आएको थियो। राम बहादुर गुरुङले लगातार तीन-तीन पटक सम्म चुनाव जितेका थिए।
दुर्भाग्य रामबहादुर र रामचन्द्र अधिकारी बीचको टकरावले लमजुङमा कांग्रेसको संगठन कमजोर बन्दै गयो । अझ २०७० सालको निर्वाचनमा टकराज गुरुङ हराउन लमजुङ कांग्रेसका प्रायस शिर्ष नेता एक ठाँउमा उभिए पछि थला परेको कांग्रेस तैरिन खोज्दै छ।
यस पटक लमजुङ क मा कांग्रेसका जिल्ला सभापति डाक्टर टक राज गुरुङ र एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घले पुन चुनावी मैदानमा छन्।
२०७० सालमा टकराज कांग्रेसबाटै ‘अन्तरघात’ को सिकार हुदाँ जमिन्द्रमान सँग करिव पाँच सय भोट अन्तरले हारेका थिए। अब मंसिर चारमा जमिन्द्रमानलाई नौ वर्ष अगाडिको जितलाई कायमै राख्नु छ भने डाक्टर टकराजलाई त्यो हारको बदला लिदै लमजुङमा कांग्रेसलाई खास फर्काउने अवसर हुने छ।
लमजुङकै ख मा काग्रेसका निवर्तमान पार्टी सभापति तथा युवा युद्यमी भेषबहादुर पौडेल (नारायण) र एमालेका कृष्ण अधिकारी चुनावी मैदानमा छन्।
ध्वस्त बन्यो । यति सम्मकी संघीय संसदका लागि लमजुङ काग्रेसजनले