स्याङ्जामा धनराज र पद्मा प्रतिस्पर्धामा

स्याङ्जा । एमालेकी सचिव पद्माकुमारी अर्याल र काँग्रेसका उपसभापति धनराज गुरुङ बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। अर्याल ओलीको बिश्वासपात्र मानिन्छिन् भने उपसभापति गुरुङ सुशासनको सवालमा युवा पुस्ता बिच लोकप्रिय ।
स्याङ्जा २ मा एमालेकी पद्माकुमारी अर्याल र काँग्रेसका उपसभापति धनराज गुरुङबाहेक राप्रपाका लालगोपाल अर्याल, मंगोल नेशनल अर्गनाइजेसनका चोकबहादुर गुरुङ्, राष्ट्रिय जनमुक्ति पार्टीका रिमीसरा गाहा राना, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलालका डोलराज विक, कांग्रेस वीपीका गणेशप्रसाद पाण्डेय, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ्ग उम्मेदवार बनेका छन् । त्यस्तै तीन स्वतन्त्रतर्फ चिरन्जीवी पाण्डेय, सागर ढकाल र ढालप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभाका २ निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २ पदका लागि चार स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दिएका छन् । यो जिल्लामा पनि एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।
स्याङ्जाको १ भन्दा पनि २ नम्बर क्षेत्रमा हेभिवेट उम्मेदवार भएकाले निकै चासोका साथ हेरिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका सचिव पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङबीच कडा टक्कर हुने देखिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद मरासिनी र कांग्रेसका राजु थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।