नेपाली नागरिकता हुदाँ हुदै एनआरएनए नागरिकता किन चाहियो : केपी ओली, अध्यक्ष एमाले (भिडियो सहित)

पेन्सिलभेनिया,अमेरिका। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकता हुदाँ हुदै गैरआवासीय नागरकिता किन चाहियो भन्दै प्रश्न गरेका छन्।
नेपाली प्रवासी मञ्चद्वारा दशै तिहारको उपलक्ष्यमा शुभ कामना आदान प्रदान गर्न आइतवार आयोजित कार्यक्रमलाई संबोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो प्रश्न गरेका हुन्।
भर्चुलमार्फत आयोजित कार्यक्रममा ओलीले आफुलाई गैरआवासीय नेपाली नागरिकता विरोधिको रुपमा नबुझ्न समेत आग्रह गरे।
ढेड घण्टा लामो कार्यक्रममा ओलीले एक घण्टा दश मिनेट संबोधन गरेका थिए। नागरिताका विषयमा मात्र १५ मिनेट खर्चिएका ओलीले ‘पूर्णरुपमा नै नेपाली नागरिक हुदाँ हुदै किन गैरआवासीय नागरिक हुनुहुन्छ।’ भन्दै प्रश्न गरेका थिए।

उनले विदेशी नागरिकता लिएको नेपालीलाई नेपालमा राजनीतिक अधिकार नहुने भन्ने मात्र व्यवस्था हुनु पर्नेमा जोड दिए। ‘तपाई आफुलाई गैर आवासीय नेपाली किन भन्नु पर्यो?’ चार सय ७५ जना प्रत्यक्ष सहभागि आफ्ना कार्यकर्ता र शुवेच्छुकलाई ओलीले पटक पटक सोधेका थिए।
‘तपाईले अर्को देशको नागरिकता लिनु हुन्छ भने त्यतिबेला स्वभाविक रुपमा नेपालको नागरिकताको राजनीतिक अधिकारको पाटो निश्क्रिय गरिदिने’ ओलीले अगाडि भने, ‘तपाई नेपाली नागरिक नै भइरहनु हुन्छ फर्केर आउनुहोस मेरो निश्क्रिय राजनीतिक अधिकारलाई एक्टिभेट गरियोस सक्रिय बनाइयोस तपाईहरुले भन्नुस यो सबै भन्दा सजिलो उपाय हो। तपाईको नेपाली नागरिकता कायमै रहदा सुन्दर कुरा के हुन्छ ? मैले त्यही भनेको हो।’
ओलीले नागरिकता ‘रिनु’ गर्ने विषय नभएको पनि बताए। ‘सदैव नेपाली नागरिक हुनुहोस, नागरिकताको प्रमाण पत्र रहुन्जेल रिनु गर्न पर्दैन यो बार्षिक रुपमा रिनु गर्ने, पाँच वर्षमा रिनु गर्ने ड्राइभिङ्ग लाइसेन्स होइन।’
उनले सधै कायम रहने नेपाली नागरिकता नछोड्न समेत आग्रह गरे। ‘नेपाली नागरिकता किन तपाई किन छोड्नु हुन्छ र गैरआवीय नागरिकता चाहियो भन्नु हुन्छ पोलटिकल राइट मात्र छोड्नुस। फर्कर आउनु भयो भने कानुन अनुसार पोलटिकल राईट एक्टिभेट गर्नु होला।’
एनआरएनए नागरिकता बारेमा एमाले अध्यक्ष ओलीको भनाई (भिडियो)
नेपाली प्रवासी मञ्चद्वारा दशै तिहारको उपलक्ष्यमा शुभ कामना आदान प्रदान गर्न आइतवार आयोजित कार्यक्रमको पूरा भिडियो