गणेशमान क्याम्पसका विद्धार्थी सडकमा !
काठमाडौं । गणेशमानसिंह बहुमुखी क्याम्पसका विद्धार्थी सडकमा पुगेका छन् । सडकमा विद्धार्थी भन्ने बित्तिकै बिरोध तथा अवरोधका लागि सोच्नुभएको हो भने तपाइ गलत सोच्दै हुनुहुन्छ । उनीहरु कसैको बिरोध वा अवरोधका लागि सडकमा गएका होइनन् ।
काठमाडौंको सडकमा देखिएको गञ्जागोल र भीडभाडको अवस्थालाई थोरै भए पनि व्यवस्थित र मर्यादित बनाउन उनीहरु सडकमा पुगेका हुन् ।
‘सोसल ओर्क’ बिषयको प्रयोगात्मक कार्यका लागि उनीहरुले क्याम्पस नजिकको कलंकी चोक रोजे ।
कलंकी चोक भन्ने बित्तिकै पैंसठ्ठी भन्दा बढी जिल्लाबाट आवात जावत हुने ब्यस्त चोक । यसमा पनि कतिपय त ट्राफिक नियमलाई राम्रोसँग बुझ्न बाँकी भएका र कतिपय बुझेर पनि पालना गर्ने स्वभाव नभएकाहरुसँग विद्धार्थीहरुले काम गरेका छन् । सवारी तथा सडक प्रयोगकर्ताहरु आफ्नै ज्यानको सवालमा पनि लापर्वाही भएको विद्धार्थीहरुले अनुभव गरेका छन् । ट्राफिक नियमप्रति धेरै वेवास्ता हुने रहेछ । गणेशमानसिंह बहुमुखी क्याम्पसका विद्धार्थी सुजन खतिवडाको अनुभव छ । ‘हामी आफै पनि सडकका बिषयमा गम्भीर हुन सचेत गराएको छ ।’ खतिवडाले भने ।
सवारी तथा सडक प्रयोगकर्ता सबै लापर्वाह र बेवास्ता गर्ने हुदैनन् । सडकको प्रयोग सबैले गर्नु परेको छ । सबैलाई हतारो छ । सबैलाई दुर्घटनाबाट जोगिनु छ । तैपनि सडकमै ओर्लेर ट्राफिक नियमप्रति सजग र सहयोग गर्ने प्राय: हुदैन । मानिसलाई सानै भए पनि सहयोग चाहिएको छ । ‘हामीले सानै भए पनि सकेको गर्यौ ।’ ‘कतिपयले ‘गुड जब भाइ’ भनेर जानुभो’ । ‘सन्तोष लाग्यो ।’ सन्तोष भने ।
सडक प्रयोगकर्ताको सुरक्षामा बनाइएको नियम र खटिने ट्राफिक प्रति हामी ध्यान दिदा रहेन छौ । ‘यो अभ्यासले सजक र सहयोगी भएका छौ ।’ अर्की बिद्धार्थी सुजना थापाले भनिन् । ‘सिक्न खोज्नेका लागि त सडकबाट पनि सकिँदो रहेछ ।’ अनुभवबारे थापाले थपिन् ।
ज्ञानका श्रोत जनसम्पर्क बढी हुने स्थल पनि भएको भन्दै क्याम्पस प्रमुख इश्वरी प्रसाद काफ्लेले
सहयोगात्मक भावना र समाजमा हार्दिकता बढाउन यस्ता व्यावहारिक शिक्षाले मद्धत पुग्ने बताउनु भयो ।
महानगरीय ट्राफिक विभाग रामशाह पथका ट्राफिक प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले सोसल ओर्क बिषयका विद्धार्थीसँग काम गर्न सजिलो भएको बताउनु भयो ।