तीनकुनेकाे फाेटाे राखेर मेयर बालेनको राष्ट्रपति र माधव नेपाललाई प्रश्न- कुन मुखले भोट माग्नुहुन्छ ?
काठमाडौं । तीनकुनेको अव्यवस्थित फोटो आफ्नो फेसबुकमा राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकमार नेपाललाई कुन मुख देखाएर भोट माग्न जानुहुन्छ भनी प्रश्न गरेका छन् ।
मेयर बालेनले विभिन्न योजना बनाएर पनि वषौंदेखि तीनकुनेको पार्क बन्न नसकेको भन्दै प्रश्न गरेका हुन्। तीनकुने राष्ट्रपति भण्डारी र पूर्व प्रधानमन्त्री नेपालको निर्वाचन क्षेत्र हो।
‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन ।’
बालेन अगाडि लेख्छन्, ‘अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’