पेन्सिलभेनियामा रहेका नेपालीहरुको रक्तदान कार्यक्रम सेप्टेम्बर १० तारिक
पेन्सिलभेनिया, अमेरिका । पेन्सिलभेनियामा क्रियाशील नेपालीहरुका पाँच संस्थाको संयुक्त आयोजनामा अर्को साता रक्तदान कार्यक्रम हुने भएको छ।
मोन्टगोमेरी काउन्टी नेपाली लायन्स क्लब, पेन्सिलभेनिया नेपाली गुठी, तामाङ सोसाइटी अफ पेन्सिलभेनिया, नेपाली जनसम्पर्क समिति पेन्सिलभेनिया च्याप्टर र गैरआवासीय नेपाली संघ पेन्सिलभेनिया च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो।
मोन्टगोमेरी काउन्टी नेपाली लायन्स क्लबका अध्यक्ष तथा कार्यक्रमका संयोजक नविन लामाका अनुसार रक्तदान सेप्टेम्बर १० तारिक शनिवार विहान दश देखि तीन बजे सम्म हुने छ।
अमेरिकी रेडक्रसको सहकार्यमा ‘तपाईंको हृदयबाट सीधा उपहार’ स्लोगन सहित हुने रक्तदान कार्यक्रम ब्यारेन हिल स्वयंसेवी फायर कम्पनी (647 Germantown Pike, Lafayette Hill, PA 19444) हुने छ।
‘यस अगाडि नेपालमा हामीले धेरै नै सहयोगका काम गरेका हौ यस पटक आफु बसेकै ठाँउमा किन नगर्ने भयो त्यस कारण यो कार्यक्रमको गर्न लागिकएको हो।’ समाज टाइम्स सँगको कुराकानीमा लायन्स क्लबका अध्यक्ष लामाले भने।
उनका अनुसार सबै संस्था एकै ठाँउमा हुँदा सन्देश पनि राम्रो जाने र सहभागिता पनि धेरै हुने भएकाले संयुक्त आयोजना गरिएको हो।
पेन्सिलभेनिया नेपाली गुठीका अध्यक्ष बिमल मोक्तानले यस क्षेत्रमा रहेका सबै नेपालीलाई रक्तदान कार्यक्रममा सहभागि भइदिन आग्रह पनि गरेका छन्।
सम्पर्क:
बिनोद मोक्तान : ४८४ ७१६ ००६८ बिमल मोक्तान : २६७ ८७२ ६०३२ डा केशव भण्डारी : २६७ ५६७ ३०१४
जयन्द्र लामा : ४८४ ८६० ८२४० कवि घिसिङ : ४८४ ६७४ ५७७२ सुभाष के बैठा : ४८४ ३४० ०३६६
नबिन लामा : ६१७ ७६७ २४५९