अध्यक्ष रविना थापाको प्रतिवेदनमा आरसी प्रकास सापकोटाको आपत्ति
पेन्सिलभेनिया,अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको विवाद सुल्टिएको भन्दै अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) की अध्यक्ष रविना थापाले प्रतिवेदन बुझाएकी छिन्।
अध्यक्ष रविनाले बुझाएको प्रतिवेदनमा अमेरिकामा एउटा एनसीसी हुँदा हुदै अर्को एनसीसी गठन गरेर समस्या उत्पन्न भएको उल्लेख छ।
उनले बुद्दि सुवेदी अध्यक्ष रहेको समिति नै बैधानिक भएको भन्दै प्रतिवेदन बुझाएकी छिन्।
एनआरएनए आइसीसी अध्यक्ष रविनाले बुझाएको प्रतिवेदनको पूर्णपाठ
अध्यक्ष रविना थापाले प्रतिवेदन बुझाए पछि त्यसलाई काउण्टर दिदै अमेरिकाज क्षेत्रका आरसी प्रकास सापकोटाले असहमति पत्र बुझाएका छन्।
आइसीसीका तीन अध्यक्षलाई सम्वोधन गरिएको सापकोटाको असहमति पत्रमा रविनाको प्रतिवेदन एकाग्रही भएको भन्दै उनको क्षमतामा प्रश्न उठाएका छन्।
यस्तै सापकोटाले कालो कोठामा तयार पारिएको भन्दै आपत्ति जनाएका छन्।
सापकोटाको असहमति पत्र
आफ्नो निर्णयका बारेमा सार्वनीक रुपमा प्रतिक्रिया दिन अस्वीकार गर्दै आएका सापकोटाले रविनाको प्रतिवेदन नसुधारिए कानुनी बाटोमा जाने धम्की दिएका छन्। यद्यपी त्यो कानुनी बाटो कस्तो हो खुलाएका छैनन्।
उनले ९ सदस्यीय छानविन समितिको प्रतिवेदनको नजरअन्दाज भएको पनि आरोप लगाएका छन्।
यस्तो थियो नौ सदस्यीय समितिको प्रतिवेदन
एनआरएनए अमेरिकाको विषयलाई लिएर आइसीसीका पदाधिकारी नै दुई कित्तामा देखिदै आएका छन्।