अमेरिकामा बस्ने गोरखाली सेप्टेम्वर पहिलो साता मेरिल्याण्डमा भेला हुँदै
बाल्टिमोर । अमेरिकामा बस्ने गोरखालीहरुको भेला सेप्टेम्वर तीन र चार तारिक मेरिल्याण्ड राज्यमा हुने भएको छ।
गोरखा समाज अमेरिकाको आयोजना र गोरखा समाज बाल्टीमोरको आतिथ्यमा यो भेला हुन लागेको जनाइएको छ।
भेलाको संयोजकमा डाक्टर राजन राज पन्त, अन्जन श्रेष्ठ र खाम भट्ट रहेका छन्।
‘बिगत दशकौं बर्ष देखी हामी बिदेशमा बस्ने गोरखालीहरुले नेपाली भुमीमा पर्न गएको आपत बिपतमा सॅधै आफ्नो गक्ष अनुसार सहयोग गर्दै आईरहेका थियौं, गर्दैछौं र गरिरहने नै छौं।’ भेला बारे जानकारि दिन जारि गरिएको सूचनामा भनिएको छ, ‘गोरखाली हरु अमेरिका आएर प्रचुर मात्रामा धन, ज्ञान र अनुभव बटुलेका छन जुन गोरखाको चौतर्फि बिकासको लागी ठुलो पॅुजी हुनसक्छ।यसैलाई सॅगठित गर्नुपर्छ भन्ने हेतुले बिगत केहि बर्ष अघिदेखी हामीले सानो सानो सॅख्यामा भएपनी बिभिन्न कृयाकलाप गर्दै आईरहेका छौं।’
सूचनामा अगाडि भनिएको छ, ‘अहिले गोरखालीहरुको सॅख्या अमेरिकामा दिनानुदिन बढदै गैरहेको अबस्थामा हामी सबै सॅगठित भएर आफ्नो भुमी र छरछिमेकको आपद बिपदमा र गोरखाको चौतर्फि बिकासमा आफ्नो तर्फबाट के कसरी प्रबासमा बसेर पनी सहयोग गर्न सकिन्छ भनेर सोच्न र आफुबिच भेटघाट गर्न यहि सेप्टेम्बर ३ र ४ तारीख २०२२ मा गोरखा समाज अमेरिकाको आयोजना र गोरखा समाज बाल्टीमोरको आतिथ्यमा अमेरिकामा बस्ने गोरखालीहरुको “बृहत भेला” मेरिल्याण्डको सुन्दर बाल्टिमोर शहरमा हुन गैरहेको कुरा जानकारी गराउन चहान्छु।’ भेलामा अमेरिकामा बस्ने सम्पुर्ण गोरखालीलाई सपरिवार सहभागिताको लागि अपिल गरिएको छ।
संयोजक एवं गोरखा समाज अमेरिकाका संस्थापक अध्यक्ष अञ्जन श्रेष्ठका अनुसार भेलाले समाजको नयाँ नेतृत्व चयन पनि गर्ने छ। श्रेष्ठका अनुसार विभिन्न राज्यमा गोरखा समाज स्थापना गर्ने क्रम बढ्दै गएकाले अमेरिकाभरिका लागि एउटै साझा संस्था बनाउनु पनि भेलाको उद्देश्य रहेको छ।