अमेरिकामा नेपाली भाषाका लागि नयाँ भर्ना खुल्यो
टेक्सास,अमेरिका । नेपाली समाज टेक्सासले ग्लोवल पाठशालामा नयाँ भर्ना खुलाएको छ। नेपाली पाठशालाको नयाँ कक्षा ‘फल सेसन’ अगस्त २७ देखि शुरु हुने समाजले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ।
डिसेम्बर ४ तारिक सम्म जारी रहने फल सेसनमा बालबालिकालाई नेपाली भाषा, कला, साहित्य, संस्कृति, योग-ध्यान र कम्यूटर कोडिङका बारेमा सिकाइने छ।
यसैगरि पारिवारिक आर्थिक समृद्धि, नेतृत्व विकास लगायतका अन्य बिषयमा पनि बालकालिकालाई ज्ञान दिइने छ।
कक्षाहरु ‘अनलाईन’ र ‘प्रत्यक्ष’ दुबै माध्यमबाट संचालिन हुने समाजले जनाएको छ। समाजका अनुसार आफूलाई अनुकुल हुने समयमा हप्तामा एक वा दुई दिनका लागि मात्र पनि भर्ना हुन सकिने छ।
‘प्रवास सुहाँउदो आफ्नै पाठ्यक्रम ढाँचा र पाठ्यपुस्तक भएको यस ग्लोबल नेपाली पाठशालाले हाम्रा भावीपुस्तालाई भाषा, कला, संस्कृति आदीबाट प्रवासमा आफ्नो पहिचान स्थापित गराई नेपाल आमा र नेपालीपनसँग जोड्ने प्रयास गरिरहेको छ ।’ टेक्सास समाज द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समाजले भर्ना शुल्क पुरा सेसनको एक विषयको ३० अमेरिकी डलर तोकेको छ। अमेरिकाको जुनसुकै राज्य वा अमेरिका बाहिरबाट पनि बालकालिका पाठशलामा जोडिन पाउने छन्।
‘यसले हाम्रो थात-थलो र जरोकिलोको पहिचान बोकेको छ । सिकारु केन्द्रित अन्तरक्रियात्म एवम् परियोजना कार्यमा अधारित सिकाई ढाँचा बोकेको यस पाठशालाले नेपाली अक्षर सिकाई देखि हाम्रा हजुरबा हजुआमाका कथाहरु र नेपालसंग प्रत्यक्ष रुपमा बालबालिकाहरु जोड्ने अभ्यासात्मक क्रियाकलाप गराउन्छ।’ विज्ञप्तिमा भनिएको छ।
बालबालिका भर्नाका लागि समाजको (भर्नाको फारम भर्न यहाँ क्लिक गर्नु होला) वेवसाइडमा गएर आफैले फारम गर्नु पर्ने छ।