काठमाडौं मेयर बालेनको ‘डोजर’ अभियानको कांग्रेस उपसभापति गुरुङ्गले गरे प्रशंसा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नक्शा पास नगरि बनाइएका अवैधसंरचना भत्काउन ‘डोजर’ अभियान चलाएका छन्।
हिन्दी चलचित्र ‘नायक’ लाई सम्झाउने गरि मेयर बालेन ठाँउको ठाँउ आफै पुगेका छन्। मेयरको यो कार्यको सामाजिक सञ्जालमा प्रायसले प्रशंसा गरेका छन्।
कतिपय व्यवसायीले भने बालेनको कार्यलाई आतंक भन्दै विरोध गरेका छन्।
मेयर बालेनको डोजर अभियानमा प्रतिक्रिया दिन सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ पनि आइपुगेका छन्।
उपसभापति गुरुङले बालेनको कामको खुलेर प्रशंसा गर्छु भनेले लेखेका छन्।
‘”शालिक बनाउने” काठमाण्डौंको मेयरको निर्णय सुन्दा मलाई लागेको थियो “जुन जोगी आए पनि कानै चिरेको”तर अनधिकृत रुपमा बनाइएका घर-टहराहरु भत्काउने कार्यको थालनी देख्दा केही फरकपन महसुस गरेको छु।यस कार्यको खुलेर प्रशंसा गर्छु ।’
डोजर चलाए पछि काठमाडौंका मेयरको बालेनको प्रश्न : मैले के बिराएँ ?