डोजर चलाए पछि काठमाडौंका मेयरको बालेनको प्रश्न : मैले के बिराएँ ?
काठमाडौं । नक्शा पास नगरि अवैधरूपमा बनाइएका संरचना भत्काउने अभियानमा मिश्रीत प्रतिक्रिया आए पछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मैले के बिराएँ भनेर प्रश्न गरेका छन्।
मेयर बालेनको नेतृत्वमा गएको महानगरको टोलीले बिहिवार बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएको थियो । मेयरको कार्यलाई सामाजिक सञ्जालमा प्रायसले समर्थन गरेका छन् । तर व्यवसायीले भने मेयर बालेनको चर्को आलोचना गरेका छन्।
अल्फाबिटामा डोजर चलाउनु अगाडि भवनका मालिक सँग बालेनको भनाभन नै परेको थियो ।
डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरे । अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको उनको भनाइ छ ।
‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?’ उनले भनेका छन् ।
अब उप्रान्त यस्तो गर्नु नपरोस् भन्ने उनको कामना छ । सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् ।
‘नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् ।