निहारिका राजपूत प्रकरणमा बलात्कार आरोपी श्रेष्ठ पक्राउ
काठमाडौं । प्रहरीले निहारिका प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ ।
उनलाई धनुषाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ।
निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् ।
उनी बलात्कारबाट जन्मिएको बच्चाको डीएनए टेस्टको पनि माग गर्दै अनसन बस्दै आएकी छन् ।
वसन्तपुरमा अनसनरत निहारिका अहिले त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् ।
राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास गर्दा प्रहरीले उद्धार गरी उनलाई अस्पताल भर्ना गरिएको थियो ।