अमेरिकामा रहेका कानून व्यवसायी जिसीद्वारा आफुलाई धम्की दिनेलाई पक्राउ गरि कार्वाही गर्न माग
न्यूयोर्क, अमेरिका। झण्डै तीन दशक देखि अमेरिकामा कानून व्यवसायमा सक्रिय सुपर लयर खगेन्द्र जिसीले आफुलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै नेपाल प्रहरी समक्ष निवेदन दिएका छन्।
जिसीले जनअदालतको नाममा आफुलाई धम्की आएको दावी गरेका छन्। जिसीका अनुसार नेपालबाट फोन गर्दै रुपन्देहीमा रहेको जनअदालतमा उपस्थित नभए भौतिक कार्वाही गरिने धम्की दिइएको छ।
विप्लव भन्ने समुहको जन अदालतमा उपस्थित हुन भन्दै जनप्रकाश शर्माको नामबाट अपरिचित व्यक्तिले ९८४८०७४५९० नम्बरबाट फोन गरेर आफूलाई धम्की दिइएको जिसीद्वारा नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक समक्ष दिइएको निवेदनमा उल्लेख छ।
एनसेल सम्वन्धी मुद्दालाई लिएर धम्की दिइएको जिसीको भनाई छ।
‘निजको उक्त कार्य नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा १६८ १ घ अनुशारको कसुर भएकाले निज तथा निजसँग संलग्न अन्य व्यक्तिलाई समेत खोजी गरेर पक्राउ गरी उक्त ऐनको दफा १६८ २ बमोजिम हदैसम्मको कैद तथा जरिवाना गरी पाउँ । साथै फोन रेर्कड यसै निवेदन साथ पेश गरेको छु।’ नेपाल प्रहरी महाराजगन्ज केन्द्रिय अनुशन्धान विभाग समक्ष दिएइको निवेदनमा जिसीले भनेका छन्,’विपक्षी सँग समेत खतरा भएकाले शान्ती सुरक्षा समेत दिलाई पाँउ।’
निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय, गृहमन्त्री र कानुन न्याय तथा संसदिय मन्त्रालयमा दिइएको छ।
कानुन व्यवसायी जिसीले नेपाल सरकारको तर्फबाट अन्तर्राष्ट्रिय अदालतमा नेपाल सरकार र एनसेलविरुद्धको विचाराधिन मुद्दामा नेपाल सरकारका प्रतिनिधित्व गर्दै बहस गर्दै आएका छन्।
उनी परराष्ट्र मन्त्रालयका तर्फबाट अनररी एनआरएन सल्लाहकार समेत हुन्। सोसलिष्ट इन्टरनेशनलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै आएका जिसी गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाका पूर्व अध्यक्ष हुन्।
जिसी एनआरएनए नागरिकताका लागि शुरुवाति चरण देखि नितिगत रुपमै सक्रिय व्यक्ति हुन्।