अमेरिकाको बाल्टिमोरमा साहित्यकार नवराज पराजुलिको कविता कन्सर्ट हुदै
बाल्टिमोर । साहित्यकार नवराज पराजुलीको कविता कन्सर्ट अमेरिकाको बाल्टिमोरमा हुने भएको छ।
बाल्टिमोर एसोसियसन अफ नेप्लिज ईन अमेरिका (बाना) को आयोजना र अन्तराष्ट्रिय नेपाली कलाकार समाज, मेरिल्यान्ड (आइएनएएस ) तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी, मेरिल्यान्डको (आइएनएलएस ) सह आयोजनामा बाल्टिमोरको मेरिल्यान्डमा साहित्यकार पराजुलीको कन्सर्ट हुन थालेको हो ।
२०१७ मा पद्मश्री पुरस्कारबाट बिभुषित “सगरमाथाको गहिराई” का सर्जक पराजुलीको अमेरिका यात्रा पहिलो पटक हो।
सामस फाउन्डेसनको ब्यबस्थापनमा यहि महिनाबाट पराजुलिको क्यानडा र युस टुरको सुरुवाद हुदैछ । बाल्टिमोरमा जुलाई १६ तारिकमा हुन लागेको एकल कविता कन्सर्ट पराजुलिको संभवत अमेरिकाको पहिलो कविता कन्सर्ट हुनेछ ।