लाल-समुन्द्र स्मृति राष्ट्रिय बहुप्रतिभा सम्मान मह जोडिलाई
काठमाडौं । यस बर्षको लाल-समुन्द्र स्मृति राष्ट्रिय बहुप्रतिभा सम्मान तथा पुरस्कार मह जोडिलाई प्रदान गरिएको छ।
कलाकार तथा खेलकर्मी बिकास घलेले आफ्ना पिता नन्दलाल र मता समुन्द्रा गुरुङको स्मृतिमा यो सम्मान तथा पुरस्कार स्थापना गरेका हुन्।
नृत्य निर्देशकबाट परिचित घले गुरुङ कलाकार, लेखक, निर्देशक, सम्पादक, गितकार तथा तेक्वान्डोका पाँचौ डान मास्टर तथा रेफ्रि पनि हुन्।
ताम्रपत्र र नगद रासि २५ हजार रुपैयाँ रहेको पुरस्कार मदन कृष्ण श्रेष्ठ र हरिवंस आचार्यको जोडिलाई प्रदान गरियो ।
सम्मान कार्यक्रममा अस्वास्थताका बाबजुद पनि मदन कृष्णले गित समेत गायका थिए । सम्मान पछि बोल्दै मदनकृष्णले सम्मानको कदर गरेका थिए भने बहुआयामिक ब्याक्तित्वहुन सानो मिहिनेतले नहुने चर्चा गरेका थिए।
ऊक्त सम्मान यस अघि कलाकार/लेखक/निर्देशक ओम प्रतिक गुरुङ,गायिका तथा पूर्व भलिबल खेलाडी तथा सांसद कोमल वलि, संविधानविद तथा गितकार भिमार्जुन आचार्य कलाकार/ लेखक/निर्देशक निर साहले पाईसकेका छन्।
विश्व संगित दिवसको अवसरमा नेपाल सांगीतिक संघद्वारा आयोजित कार्यक्रममा काठमाडौं कला क्षेत्रमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न ‘विश्व संगीत दिवस एवं सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ कार्यक्रममा विभिन्न ७ कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान अर्पण गरियो।
कार्यक्रममा विशिष्ट योगदान पुर्याएका अमर स्रष्टाका स्मृतिमा स्थापना गरिएको पुरस्कार तथा सम्मान अन्तर्गत अमर स्रष्टा शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक मुरली धरलाई सम्मानित गरिएको थियो । त्यस्तै अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक कुमार बस्नेतलाई सम्मानित गरिएको थियो । फत्तेमान राज भण्डारी राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट लोकप्रिय पप गायक धिरज राईलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी नेपाल सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापालाई राष्ट्रिय सम्मान अर्पण गरिएको थियो भने नेपाल सांगीतिक संघ राष्ट्रिय कला पत्रकारिता सम्मान तथा पुरस्कार (रु.५०००) बाट वरिष्ठ पत्रकार शान्तिप्रियलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा विगतदेखि नै नेपाल सांगीतिक संघलाई सहयोग पुर्याउँदै आएका लोकप्रिय गायक गणेश पराजुली, गीतकार डब्बु क्षेत्री, कलाकार विक्रमजंग शाह, समाजसेवी विनोद कुमार तामाङ, रमन बस्नेत, नवराज तामाङलाई कदर पत्र प्रदान गरिएको थियो ।
विश्व संगीत दिवस एवं सम्मान तथा पुरस्कार कार्यक्रमकै अवसर पारेर दश जना स्रष्टा कलाकारलाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो । जसमा गीतकार किरण के. उप्रेती, गीतकार निरोज भट्ट, गायक सन्तु थापा, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, मोडल नारायण ढकाल, निर्देशक पूर्ण बहादुर थापा, निर्देशक दीप गुरुङ, संगीतकार दिपक शर्मा, संगीत संयोजक आमोश तामाङलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल सांगीतिक संघको योगदानको चर्चा गर्दै कला क्षेत्रका सबैमा विश्व संगीतको शुभकामना प्रदान गरे। एकातिर विश्व संगीत दिवसको रुपमा मनाइरहँदा अर्कोतिर मुलुकभित्र रहेका कलाकारहरुमा आपसी सद्भाव कायम गर्दै कला संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमहरु लाभदायी र फलदायी बन्दै आएको उपराष्ट्रपति पुनले बताए।
नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष आशिष अबिरलले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए। कार्यक्रम महासचिव सुमन पण्डितले संचालन गरेका थिए।
कार्यक्रममा सम्मानितहरुको तर्फबाट वरिष्ठ गायक कुमार बस्नेतले मन्तव्य दिँदै सांगीतिक संघ स्थापनाको सन्दर्भमा कलाकारहरुलाई प्रष्ट पारेका थिए। त्यस्तै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको तर्फबाट शाखा अधिकृत लालबहादुर बस्नेतले स्रष्टाहरुको नैतिक, बौद्धिक र आर्थिक अधिकारबारे प्रष्ट पारेका थिए।