कृष्ण लामिछाने बने प्रवासी मञ्च अमेरिकाको तेस्रो अध्यक्ष
बोस्टन । नेपाली प्रवासी मञ्च अमेरिकाको तेस्रो अध्यक्ष कृष्ण लामिछाने बनेका छन् । बोस्टनमा शनिवार सम्पन्न तेस्रो अधिवेशनले लामिछानेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
लामिछाने निवर्तमान सचिव हुन्। मञ्च नेकपा एमालेको विदेश स्थित शुवेच्छुक संस्था हो ।
संजय थापा मञ्चका सस्थापक अध्यक्ष हुन भने प्रभु थापा निवर्तवान अध्यक्ष हुन् । सञ्जय २०१३ मा न्यूयोर्कमा भएको पहिलो अधिवेशनमा अध्यक्ष चुनिएका थिए ।
यस्तै प्रभु थापा सन् २०१७ मा बाल्टिमोर अधिवेशनबाट अध्यक्ष बनेका थिए ।
२६ राज्यबाट एक सय ५० प्रतिनिधिको सहभागिता रहेको अधिवेशनले ३० सदस्यीय कार्यसमितिको पनि निर्विरोध चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा गोपाल कँडेल, माया ढुंगना, गोकर्ण दाहाल र भीम ओली चयन भएका छन् ।
सचिवको जिम्मेवारी छवि पाण्डेले पाएका छन् । यस्तै उपसिचवमा थोमस बास्तोला, नेत्र पाण्डे, कृष्ण आचार्य र गोविन्द खनाल चयन भएका छन् ।
शुक्रवारबाट शुरु भएको अधिवेशनको उद्द्धाटन एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराइले गरेका थिए ।
अधिवेशनको बन्दशत्रले नयाँ नेतृत्व चयन गर्नुका साथै मुख्य दुई प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
अधिवेशनले नेपालमा लामो समय देखि विचाराधिन रहेको नागरिकता विधेयक संसदको जारी अधिवेशनबाट टुङ्गाउन आग्रह गरेको छ।
यस्तै सर्वोच्च अदालतको आदेश अनुसार विदेशमा रहेका नेपाली नागरिकलाई यथास्थानबाट मतदान दिन पाउने व्यवस्था मिलाउन पनि माग गरेको छ।
यसै बीच नव निर्वाचित कार्यसमितिको पहिलो बैठक आइतवार बोस्टनमा नै बस्दै छ।
नवनिर्वाचित कार्यसमिति
अध्यक्ष
कृष्ण लामिछाने
उपाध्यक्षहरु
गोपाल कँडेल
माया ढुंगाना
गोकर्ण दाहाल
भीम ओली
सचिव
छवि पाण्डे
उपसचिव
थोमस बास्टोला
नेत्र पाण्डे
कृष्ण आचार्य
गोविन्द खनाल
सदस्यहरू
डीबी रावत
अजय कुस्बा
प्रकाश बस्नेत
प्रचण्ड श्रेष्ठ
सुनील के ताम्राकार
रामकृष्ण बजगाई
उपेन्द्र रावत
केदार पहारी
भीष्म आचार्य
दुर्गा बिके
नारायण ढुंगाना
दिपक सापकोटा
दिपक पाण्डे
विजय बगाले
शिव अधिकारी
घनश्याम खनाल
मोहनी डुम्रे
शंकर लुङ्गेली
मणि भण्डारी
भुवन अधिकारी