नेपाल अमेरिका सम्वन्धबारे एनआरएनएको अन्तरक्रिया
ल्यानक्यास्टर, पेन्सिलभेनिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपाल र अमेरिकाको सम्बन्धका विषयमा अन्तरक्रिया आयोजना गर्ने भएको छ।
दुई देश बीच औपचारिक दौत्य सम्वन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसर पारेर एनआरएनए अमेरिकाले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
भर्चुअल मार्फत हुने कार्यक्रम जुन १९ तारिक आइतवार न्यूयोर्क समय अनुसार बेलुका सभा दश बजे शुरु हुने जनाइएको छ।
कार्यक्रमको संयोजन भौतिक परमाणु वैज्ञानिक डाक्टर यादव पण्डितले गर्ने छन्। “नेपाल र अमेरिका बीचको सम्वन्ध सदैव महत्वपूर्ण वियष हो झन् अहिले त यो हटकेक नै भएको छ, नेपालमा संसदमा समेत अहिले कुरा उठिरहेको समयमा कार्यक्रम सान्दार्भिक छ।” समाज टाइम्स सँगको कुराकानीमा डाक्टर पण्डितले भने ।
एनआरएनए अमेरिकाले जुलाई ३ र ४ मा नर्थ क्यारोलाईनामा बार्षिक साधरण सभा तथा विज्ञ सम्मेलन गर्दैछ । विज्ञ सम्मेलनकै क्रममा नेपाल अमेरिका सम्वन्धबारे अन्तरक्रिया राखिएको हो।
पण्डितका अनुसार अन्तरक्रियामा नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको छ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, नेकपा माओवादीका हिमाल शर्मा र नेकपा एमालेका घनश्याम भुसाललाई बक्ताको रुपमा बोलाइएको छ।
यस्तै राजनैतिक विश्लेषक डाक्टर अरुण सुबेदी पनि कार्यक्रममा सहभागि हुने छन्।
“यो बर्ष (सन् २०२२) नेपाल र अमेरिका विच औपचारिक रुपमा दौत्य संमब्ध स्थापना भएको ७५ औ बर्ष हो । नेपाल-अमेरिकाको सम्बन्ध नेपालको आन्तरिक राजनीतिमा समेत महत्व राख्ने बिषय बनि सकेको छ । नेपालको अमेरिका संगको सम्बन्ध बारे नेपालका प्रमुख राजनैतिक दलका नेताहरु जसले आफ्नो दल भित्र मात्रै होइन बाहिर समेत बैचारिक रुपले तरंगित गर्न सक्छन, बाट यो बिषयमा कुरा सुन्न , प्रश्न सोध्न यो कार्यक्रममा हार्दिक आमन्त्रन” पण्डितले भनेका छन्।