एनआरएनए अमेरिका विवाद : ६ बुँदामा दुई पक्षबीच सहमति हुदै,आइतवार नै टेक्सासमा हस्ताक्षर हुनसक्ने (सहमतिका बुँदा सहित)
ल्यानक्यास्टर । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको विवाद सहमति नजिक पुगेको जनाइएको छ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को एउटा पुरानो निर्णयलाई टेक्दै क्षेत्रीय संयोजक प्रकास सापकोटाले कृष्ण लामिछानेको अध्यक्षमा एनसीसी अमेरिका गठन गरे पछि एनआरएनए अमेरिकामा नयाँ विवाद शुरु भएको थियो।
अघिल्लो वर्षको नियमित अधिवेशनबाट अध्यक्षमा बुद्दि सुवेदी निर्वाचित भएका थिए। बुद्दिले कृष्ण लामिछानेलाई हराएका थिए।
दुई कमिटी गठन पछि दुबै समुह एकै मितिमा छुट्टा छुट्टै साधरण सभाको तयारीमा जुटेका थिए । बुद्दि सुवेदी समुहले नर्थ क्यारोलोनामा साधरण सभा तोकेको थियो भने सोही समयमा कृष्ण लामिछाने समुहले टेक्सासमा साधरण सभाको तयारी गरेका थिए।
एनआरएनए आइसीसी स्रोतबाट समाज टाइम्सलाई उपलब्ध विवरणमा ६ बुदाँमा सहमति हुदै छ। बुद्दि सुवेदी र कृष्ण लामिछाने दुबै जनाले समाज टाइम्स सँगको कुराकानीमा सहमति अन्तिम अन्तिम चरणमा पुगेको तर हस्ताक्षर हुन बाँकी रहेको बताएका छन् ।
मुख्यतय कृष्ण लामिछानेको समितिलाई आइसीसीले एक कार्यकालको मान्यता दिने की नदिने भन्ने कुरामा अड्किएको छ।
यो समाचार तयार पार्दा सम्म दुबै पक्ष वार्तामा छन्।आइसीसीको रोहवरमा वार्ता भइरहेको छ।
सबै कुरा सकारत्मक भएमा आज साँझ सम्ममा टेक्सासमा सहमति हुने जनाइएको छ।
बुद्दि सुवेदीले ह्युस्टनबाट डल्लास जादै गरेको बताएका छन्। एनआरएनए एनसीसी कप क्रिकेटका लागि उनी पछिल्लो समय ह्यस्टनमा थिए। “कुराकानी सकारात्मक भइरहेको छ,त्यसकै लागि म र बरिष्ठ उपाध्यक्ष (कृष्णजीवी पन्त) डल्लास जाँदै छौ” समाज टाइम्स सँग सुवेदीले भने ।”हस्ताक्षर हुनु अगाडि हामीले कार्यसमितिको बैठक बोलाएका छौ, एक्लै निर्णय गर्ने कुरा भएन तर सबै कुरा सकारात्मक नै गएको छ।”
यस्तै कृष्ण लामिछानेले पनि आफू सहमतिको बाधन नभएको प्रतिक्रिया दिएका छन्। कृष्ण लामिछाने टेक्सासको डल्लासमा नै बस्छन्। “मैले पदका लागि होइन पद्दतिका लागि आवाज उठाएको हुँ, म सहमतिका लागि बाधक बन्दिन तर आइसीसीले आफ्नो निर्णय कसरी सच्याउछ भन्ने मात्र हो।”
समाज टाइम्सलाई प्राप्त सहमतिका बुदाँ
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकासंगको सहमति:
गैरआवासीय नेपाली संघको भावना, प्रस्तावना, विधान र उदेश्यलाई स्मरण गर्दै, गैरआवासीय नेपाली संघलाई एक स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रुपमा अक्षुण्ण राख्दै, सहमति, सहकार्य र एकताको संदेश सहितको गत मार्च २६ र २७ तारिख सम्पन्न संघको दशौं महाधिवेशनमा जारी गरिएको भावना अनुरुप राष्ट्रिय समन्वय परिषद युएसएमा देखिएका असमझदारीलाई समाधान गरी संघलाई एकताबद्द बनाउने पवित्र उदेश्यले देहाय अनुसारको सहमति गरिएको छ ।
(1) राष्ट्रिय समन्वय परिषद युएसएको पंजीकृत सदस्य बनाउने प्रक्रिया तत्काल स्थगन गरी आगामी साधारणसभा पछि मात्र प्रकृया शुरु गर्ने । राष्ट्रिय समन्वय परिषद युएसए र अन्तर्राष्ट्रिय समन्वय परिषद बिच सम्झौतापत्र (MOU) मा हस्ताक्षर गर्ने ।अन्तर्राष्ट्रिय समन्वय परिषदले प्रयोगमा ल्याएको MIS System को प्रयोग गरी सदस्यता बनाउने र नविकरण गर्ने । साथै MIS System को विश्वसनीयता र Personal Information Protection को प्रत्याभूतिको सुनुश्चिताता गर्न आवश्यकता अनुसार MIS System लाई सुधार गर्दै जाने ।
(2) जुलाई ३-४ तारिख २०२२ मा हुने साधारणसभाबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको विधान अनुरुप राष्ट्रिय समन्वय परिषद युएसए विधानमा संशोधन गर्ने ।
(3) निष्पक्ष निर्वाचन, निर्वाचनको विश्वसनीयता र सर्वस्वीकार्यताकालागि सदस्यता शुद्धिकरण गर्ने । सदस्य स्वयंले आफ्नो सदस्यता आफै बनाउने सुनिश्चितताका लागि Live face verification गर्ने, गिफ्ट कार्डबाट सदस्य बन्न नपाउने व्यवस्था गर्ने, डेबिट वा क्रेडिट कार्डबाट बनाउने सदस्य संख्याको सिमा निर्धारण गर्ने, सदस्यता नविकरण गर्दा पुन: भेरिफिकेसन गर्ने ।
(4) विधानमा व्यवस्था भए वमोजिम संरक्षक परिषद, सल्लाहकार एवं विभिन्न समितिहरु सहमतिको आधारमा गठन गर्ने । गठन भै सकेका समितिहरुको आवश्यकता अनुसार सहमतिमा समायोजन वा पुनर्गठन गर्ने । निष्पक्ष निर्वाचन गर्नका लागि सहमतिको आधारमा निर्वाचन समितिमा रहने व्यक्तिहरु चयन गरी आगामी साधारण सभामा पेश गर्ने। सहमतिको आधारमा Membership Management Committee, Membership Verification Committee, विधान संसोधन समिति, निर्वाचन अनुगमन समिति गठन गर्ने, समायोजन गर्ने ।
(5) जुलाई ३ र ४ मा North Carolina मा एकताको अधिवेशन गर्ने । उक्त अधिवेशनको कन्भेनरमा कृष्ण लामिछानेको शिफारिशमा १ जना कन्भेनर थप गरी दुईजना कन्भेनर बनाउने।
(6) गैरआवासीय नेपाली संघको विधानको भावना र माथि उल्लेखित सहमतिको मर्म अनुशार सहमतिको आधारमा संस्था संचालन गर्ने।
सहमतिकर्ताहरु :
१ बुद्दि सुवदी
२ कृष्ण लामिछाने
सांक्षीहरु
१,
२,
३,